• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गणेश पराजुली एनएमबि बैंकको सहायक महाप्रबन्धक पदमा बढुवा

काठमाडौँ । सिए गणेश पराजुली एनएमबि बैंकको  खुद्रा र बजार व्यापार ऋण विशेषज्ञ सहायक महाप्रबन्धक पदमा बढुवा भएका हुन् ।

बैंकको माघमा बसेको ले ‘एजीएम’ रिटेल एन्ड मिड मार्केट बिजनेश लाेन एक्स्पर्ट सहायक महाप्रबन्धक पदमा गणेश पराजुलीलाई नियुक्त गरेको हो।

उनको कार्यदक्षता र बैंकको व्यवसायिक विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उच्च व्यवस्थापकीय तहमा पदोन्नति गरेको बैंकले जनाएको छ ।

पराजुलीले भारतकाे (आइसिएआई) द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पूरा गरेका हुन् ।

पराजुली विगत १० वर्षदेखि एनएमबि बैंकमा निरन्तर आबद्ध छन् । त्यसअघि उनी माछापुच्छ्रे बैंकमा आवद्ध थिए ।

पराजुलीको पदोन्नतिसँगै बैंकको व्यवस्थापन टोली थप सशक्त हुने र यसले बैंकको समग्र व्यावसायिक लक्ष्य प्राप्तिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।