• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ ।