• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार ९हिजो० प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।