• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

३२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।