• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

श्रम संस्कृतिको तेस्रो जित, भोजपुरमा ध्रुवराज राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले तेस्रो सिट जितेको छ । भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

उनले नेकपा एमालेका नेता शेरधन राईलाई पराजित गरेका हुन् । शेरधनले १४ हजार ७५० मत प्राप्त गरेका छन् ।

योसहित श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । यस पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी- १ बाट जितेका छन भने खोटाङबाट आरेन राई विजयी भएका छन् ।