• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९० लाख १० हजार ११९ मत गणना भएको छ ।

जसमा रास्वपाले ४३ लाख ६४ हजार २९२ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १४ लाख ५५ हजार ९२ मत अर्थात १६.१ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १२ लाख २१ हजार ८०० अर्थात् १३.६ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४५ हजार ८८ मत प्राप्त गरेको छ

त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ८८० मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै, राप्रपाले २ लाख ९२ हजार ८८५ मत अर्थात् ३.३ प्रतिशत मत पाएको छ ।

त्यसैगरी, समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।