• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इलाम- १ को मतगणना अन्तिम चरणमा, काँग्रेस र श्रम संस्कृतिबीच कडा प्रतिष्पर्धा

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

अब सुर्योदय नगरपालिकाका वडा नम्बर १३ र १४ को मात्र मत गणना गर्न बाँकी रहेको बेला काँग्रेसका निस्कल राईले ३४५ मतको अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ६१ हजार १६१ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १३ हजार ६३१ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ३४५ मतले अगाडी रहेका छन् । लिम्बुले १३ हजार २८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका काजीमान कागतेले ११ हजार ५६१ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ८ हजार ८१६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रनबहादुर राईले ७ हजार १३० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अब मतगणना अन्तिम चरणमा रहेको छ ।