• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३८ सयले बढेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१० रुपैयाँले बढेर तोलाको ५७२० मा कारोबार भइरहेको छ ।

यसअघि सोमबार चाँदी तोलाको ५४१० मा कारोबार भएको थियो ।