काठमाडौं । वर्तमान समयमा इन्टरनेट र सञ्चार केवल विलासिता मात्र रहेनन्, यो विद्यार्थीका लागि अध्ययनको अभिन्न हिस्सा र युवाका लागि मनोरञ्जनको मुख्य माध्यम बनेको छ। यही आवश्यकतालाई बुझेर एनसेलले आफ्नो विशेष योजना ‘युवा सिम’ मार्फत युवा र विद्यार्थीहरूलाई डिजिटल नेपालको यात्रामा बलियो साथ दिइरहेको छ।
मात्र २९९ रुपैयाँमा २८ दिनका लागि उपलब्ध यो सिमले विद्यार्थीको गोजीलाई मात्रै राहत दिएको छैन, उनीहरूको सिकाई र सिर्जनशीलतालाई पनि नयाँ उचाई प्रदान गरिरहेको छ।
काठमाडौंको एक कलेजमा स्नातक तहमा अध्ययनरत सिमोन खतिवडा भन्छन्, ‘पहिले डेटा प्याक सकिएला कि भन्ने डर हुन्थ्यो, तर युवा सिम लिएपछि ढुक्क भएको छु। राति अनलिमिटेड युट्युब चल्ने भएकाले मलाई आफ्नो प्रोजेक्ट वर्कका लागि ट्युटोरियल हेर्न निकै सजिलो भएको छ। थोरै खर्चमा यति धेरै सुविधा पाउनु हामी विद्यार्थीका लागि ठूलो राहत हो।’
सिमोन जस्ता हजारौं युवाहरू अहिले एनसेलको यो योजनाबाट लाभान्वित भइरहेका छन्। १० जीबी डेटा, एनसेल नेटवर्कभित्र असीमित कुराकानी र रातिको समयमा असीमित युट्युब चलाउन पाउनु नै यस सिमको मुख्य आकर्षण हो।
युवा सिम केवल कुराकानीमा मात्र सीमित छैन। यसले विद्यार्थीहरूलाई डिजिटल सिकाईतर्फ पनि प्रोत्साहित गरेको छ। यो सिम प्रयोग गर्नेले ‘मेरो स्कुल’ एपमा निःशुल्क पहुँच पाउँछन्, जहाँबाट उनीहरूले जहाँसुकै बसेर आफ्नो पाठ्यक्रम अनुसारका कुराहरू सिक्न सक्छन्।
यसका साथै, नेपालको डिजिटल अर्थतन्त्रलाई बढावा दिन ई–सेवा र खल्ती जस्ता ई–वालेटहरू निःशुल्क चलाउन पाइने व्यवस्था गरिएको छ। यस्तै, गेमिङमा रुचि राख्ने युवाहरूका लागि गेमिङ प्रिमियर लिगमा निःशुल्क प्रवेशको सुविधाले यस सिमलाई थप ‘कुल’ बनाएको छ।
यो सिम प्राप्त गर्न विद्यार्थीहरूले आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स र कलेजको परिचयपत्र बोकेर नजिकैको एनसेल सेन्टरमा जानुपर्नेछ। यदि विद्यार्थी नाबालिग छन् भने उनीहरूले आफ्ना अभिभावकको कागजात प्रयोग गरेर पनि यो सुविधा लिन सक्नेछन्। सिम लिएपछि विद्यार्थी परिचयपत्र बुझाउन ७ दिनको सहुलियत समय समेत दिइएको छ।
एनसेलको ‘युवा सिम’ ले विद्यार्थी र युवाहरूको डिजिटल आवश्यकतालाई मात्र पूरा गरेको छैन, यसले उनीहरूलाई सस्तो दरमा विश्वसँग जोडिने अवसर पनि प्रदान गरेको छ। एनसेलका अनुसार युवा सिम ल्याउनुको मुख्य उद्देश्य नै विद्यार्थीहरूलाई सुलभ दरमा गुणस्तरीय इन्टरनेट र सञ्चार सेवा प्रदान गरी उनीहरूको वृत्ति विकासमा टेवा पुर्याउनु रहेको छ ।