• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको २ हजारले घटेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ३ लाख १९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ छ । महासङ्घका अनुसार चाँदी तोलाको २०५ रुपैयाँले घटेर ५५१५ मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार चाँदी तोलाको ५७२० मा कारोबार भएको थियो ।