• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

एमाले कास्की इन्चार्ज थापाको बैठकमा बोल्दै गर्दा हृदयघातबाट निधन

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

बिहीबार जिल्ला कमिटीको निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेका थापालाई बैठकस्थलमै हृदयघात भएको बताइएको छ । ढलेलगत्तै उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।

थापा लामो समयदेखि एमालेको सक्रिय राजनीतिमा रहँदै आएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनलाई कास्की- २ बाट एमालेले उम्मेदवार बनाएको थियो । तर पार्टीभित्रै विरोध भएपछि उनको टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।