• २०८३ असार १४
  • 2026 June 28, Sunday

आइतबारका लागि सारियो रास्वपाको सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बस्ने तय गरिएको सचिवालय बैठक स्थगित गरिएको छ। अब उक्त बैठक आइतबार बिहान बस्ने गरी सारिएको पार्टीले जनाएको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक चैत १ गते आइतबार बिहान १० बजे बस्नेछ। बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने बताइएको छ।

प्रवक्ता झाका अनुसार बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल गर्ने रहेको छ। साथै, बैठकमा अन्य समसामयिक विषयमा पनि चर्चा हुन सक्ने जनाइएको छ।