• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

अमेरिकी सेनाका प्यासिफिक डेपुटी जनरल भोवेल आज काठमाडौं आउँदै

काठमाडौँ । अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाडौं आउँदैछन् ।

भ्रमणका क्रममा भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । तीन दिनको भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची तय भएको बताइएको छ ।

भोवेलले नेपाल आउनुअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग पनि भेटवार्ता गरिसकेका छन् । यसअघि फागुन १ गते युएस इन्डो-प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो पनि नेपाल भ्रमणमा आएका थिए ।

नेपालमा नयाँ सरकार गठन हुने क्रममा उनको भ्रमण राजनीतिक र कूटनीतिक दृष्टिले अर्थपूर्ण रुपमा हेरिएको छ ।