• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राप्रपाले छान्यो समानुपातिकमा खुस्बु ओलीसहित चार सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंग्याएको छ ।

राप्रपाको आइतबार बसेको बैठकले खुस्बु ओलीसहित चार जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा चार सिट पाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्यतर्फ महोत्तरीका भरत गिरी, मुस्लिमतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाती महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ ।

यी नाम आइतबार नै निर्वाचन आयोगमा बुझाइने राप्रपाले जनाएको छ ।