काठमाडौं । सरकारले ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा रिक्त भएका १९ मध्ये १८ सिटमा निर्वाचन भएको थियो । जसमा नेपाली कांग्रेसका ९ जना, एमालेबाट ८ जना र जनता समाजवादी पार्टीबाट एक जना निर्वाचित भएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्य भने रिक्त थियो ।
अर्याल सरकारबाट बाहिरिए पनि अब राष्ट्रिय सभामा हुने भएका छन् । गृहमन्त्री अर्याल रास्वपाका वरिष्ठ नेता बालेन शाहका पूर्व कानुनी सल्लाहकार पनि हुन् । बालेन मेयर हुँदा अर्याल उनका कानुनी सल्लाहकार थिए ।
सुशीला कार्कीले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।