• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

६ महिना पछि सर्‍यो जनमत पार्टीको महाधिवेशन

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीको महाधिवेशन मिति सार्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले चैत २० र २१ गतेका लागि तय गरिएको महाधिवेशन २०८३ असोज ९ र १० गते गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा क्षेत्रीय तहमा चैत ७ गतेसम्म सम्पन्न गरी लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी, सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न जिल्ला समन्वय समितिका सदस्यबाट बढीमा सात जनासम्मको टोली चैत १४ गतेभित्र चयन गर्ने निर्णय गरिएको छ ।

हालै सम्पन्न निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ केवल ७९ हजार ४३५ मत प्राप्त गरेको थियो ।