• २०८३ असार १३
  • 2026 June 27, Saturday

बजारमा श्रीराम ग्यासका ६ हजारभन्दा बढी भरिएका सिलिन्डर पठाइने

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको आपूर्तिलाई सहज बनाउन ६ हजार ३ सयभन्दा बढी पूर्ण रूपमा भरिएका ग्यास सिलिन्डर सर्वसाधारणका लागि पठाइने भएको छ।

वाणिज्य विभाग र नेपाल आयल निगमले गरेको संयुक्त अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा मौज्दात रहेका ६ हजार ३ सय ७७ थान सिलिन्डरहरू तत्काल बजारमा पठाउने निर्णय भएको हो।

नेपाल आयल निगमले हाल ग्यासको अभाव टार्न बजारमा ‘आधा सिलिन्डर’ मात्र बिक्री गर्ने नीति लिएको छ। तर, श्रीराम ग्यासको हकमा भने यी सिलिन्डरहरू पहिले नै भरिएर गोदाममा रहेकाले तिनलाई पुरै तौलमा नै बिक्री गर्न लागिएको हो।

यी सिलिन्डरहरू श्रीराम ग्यास उद्योगका आधिकारिक डिलरहरू र आयल निगमको टेकुस्थित कार्यालयबाट सिधै खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यस कदमले बजारमा देखिएको ग्यासको चापलाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।