• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ओलीलाई समवेदना व्यक्त गर्न गुण्डु पुगे रास्वपा उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् ।

पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् । सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै, उनले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।