• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ओरालो लाग्यो सुन चाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४८९५ मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।