• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकमा पेस भएका प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् ।

शुक्रबार दिउँसो सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।

सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।