काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन र पुरातात्विक महत्त्वका विषयलाई समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।
यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ राखिएको छ । यसमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको नेपालको विकासक्रम र नवप्रवर्तनका महत्वपूर्ण खुड्किलाहरूलाई चित्रण गरिएको बैंकले जनाएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले एक विशेष समारोहका बीच उक्त क्यालेन्डर अनावरण गरे । कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल एभरेष्ट बैंकले १३३ शाखा, १६३ एटिएम, ७ प्रादेशिक कार्यालय र ३३ वटा राजस्व सङ्कलन केन्द्रमार्फत करिब १४ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले भारतको नयाँ दिल्लीमा समेत आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सेवा दिइरहेको छ ।