• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन तोलाको ६५ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो ।