काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आगामी विक्रम संवत् २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच चैत ८ गते बिहीबार उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोड कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका थिए ।
उक्त क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि र तारिखहरू स्पष्ट रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सबै सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे। उनले कम्पनीलाई आजको उचाइसम्म पुर्याउन सहयोग गर्ने सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, सेयरधनी, नियामक निकाय र ग्राहकहरूप्रति आभार प्रकट गरे ।
सीईओ पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको प्रयोग गर्ने र ग्राहकको सेवामा गुणस्तरीयता ल्याउन समयसापेक्ष योजनाहरू सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सबै सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी सदैव दत्तचित्त भएर लाग्ने कुरामा जोड दिए ।