• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ४५०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।