काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज (मंगलबार) नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ मा कारोबार भएको थियो । आज होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ ।
आज, रिलायन्स स्पिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने, सोलु हाइड्रोको शेयर ९.९९ र हिमालयन पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.५६ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सबै भन्दा बढी राढी जलविद्युतको शेयर ६७ करोड ४३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५७ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।