• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कार्की आयोगको प्रतिवेदनमा ओलीको टिप्पणी : पूर्वाग्रहपूर्ण छ, अस्वीकार्य छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएका छन् ।

नेकपा एमालेका नवनिर्वाचित सांसदहरुलाई विशेष निर्देशन दिने कार्यक्रममा बोल्दै ओलीले आयोगको प्रतिवेदन यथार्थमा आधारित नरहेको बताउँदै यो पूर्वाग्रहपूर्ण रहेको र आफूहरुले अस्वीकार गर्ने बताएका हुन् ।

कार्की आयोगले आफूलाई फौजदारी अभियोग लगाउन सिफारिस गरेको उल्लेख गर्दै आयोगले सिफारिस गरेको दफामा सो व्यक्ति जुनसुकै अवस्थामा उपस्थित हुनुपर्ने व्यवस्था रहेको जिकिर गरेका छन् ।

ओलीले गोली चलाउने र आदेस दिने विषयमा प्रधानमन्त्रीको भूमिका नरहने दोहोर्‍याएका छन् ।

गौरी बहादुर कार्की आयोगका पदाधिकारी पहिला नै एमालेविरुद्ध आग्रह पूर्णरुपमा विषाक्त अभिव्यक्ति दिएका व्यक्ति रहेकाले उनीहरुले बनाएको प्रतिवेदन यथार्थ आउँछ भन्न नसकिने पहिला नै बताएको उल्लेख गरे ।

उनले पूर्वाग्रह रुपमा आफ्नो नाम प्रतिवेदनमा समावेश गरिएको दाबी गर्दै घृणाको राजनीति गर्न यस्तो गरिएको बताएका छन् । उनले आफू प्रधानमन्त्री भए बापत अपराधी हुनुपर्ने भन्दै प्रश्न गरेका छन् ।