• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेन शाह रास्वपाको संसदीय दलको नेता चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।

विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ ।

यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

अब बालेनले भोलि शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।