काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेन प्रधानमन्त्री नियुक्त भएका हुन् । योसँगै बालेन मुलुकको ४३औँ प्रधानमन्त्री बनेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै शुभ साइतमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा हुने तयारी छ ।
समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने कार्यक्रम रहेको बताइएको छ ।
