• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

केपी ओलीलाई पक्राउ गर्ने तयारी

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने तीव्र तयारी थालेका छन् ।

सोही प्रयोजनका लागि गृहमन्त्री गुरुङ यतिबेला सुरक्षा निकायका प्रमुखहरूसँग मन्त्रालयमा निर्णायक र आकस्मिक छलफलमा जुटेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।