• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल पुन: अस्थिरताको भुमरीमा पर्ने संभावना : उप्रेती

काठमाडौं । वरिष्ठ समाजसेवी एवम् राप्रपाका नेता शोभित उप्रेतीले नयाँ सरकार निर्माणसंगै देश नयाँ द्वन्दको चरणमा प्रवेश गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उपेतीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउले मुलुक नयाँ द्वन्द्वमा जाने खतरा औंल्याएका हुन् । उनले नेपाल पुन: अस्थिरताको भुमरीमा पर्ने सम्भावना देखिएको समेत उल्लेख गरेका छन् ।

मुलुक जोगाउन सबै शक्तिहरुबीच संवाद, सहकार्यमार्फत नयाँ शक्ति सन्तुलन खोज्नुपर्ने उनले उल्लेख गरेका छन् । सबै शक्तिहरुविचको संतुलनले मात्र रास्ट्रको कल्याण हुने उनले प्रष्ट पारेका छन् ।

देशमा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल निकै बढेको संकेत गर्दै शक्ति राष्ट्रको परीक्षण स्थल नेपाल बन्न नहुने उनको भनाइ छ ।