काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सीआइबीले जारी गरेको जरुरी पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको उल्लेख छ । खड्कालाई सिआइबीकै हिरासतमा राखिएको छ ।
