• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।

शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार बिहान बबरमहलस्थित जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो । यसअघि लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको थियो ।

त्यस्तै, शनिबार नै पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत पेश गरिँदैछ । शनिबार बिहान पक्राउ परेका ओली भने शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर बसेका छन् ।