• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ८६ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ८१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४७२० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।