• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक छान्न एमाले बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना छ ।

फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् । बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।