• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९१ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।