• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सचिवमा ओलीको प्यानल नै विजयी, सबैभन्दा बढी मत महेश बस्नेतलाई

काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।

९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।

यसैगरी, तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् ।

यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ रहेका छन् ।