काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बयानलगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।
यसअघि बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए ।
याे पनि पढ्नुहोस् ।
आयोगले माग्यो एक महिना समय, ओली र लेखकलाई अर्को साता बयानमा बोलाउने तयारी