• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको भाउ २ लाख ७० हजार नाघ्यो, चाँदीमा पनि लगातार वृद्धि

काठमाडौं । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

गत शुक्रबार पनि चाँदीको भाउ कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम थियो ।