• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

फुट्यो अशोक राईको जसपा, उपेन्द्रसँगै फर्किए रेणु यादव पक्ष

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी फेरि फुटेको छ ।

सोमबार जसपा नेपाल र जसपाकी सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकीकरणको सहमति गरेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै फर्किएका हुन् ।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार राति नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि एकता गर्ने सहमति गरेका छन् ।

निर्वाचन नजिकिएसँगै तराई मधेशका मुख्य दलहरू एकता प्रक्रियामा जोडिएका हुन् । यसअघि राजेन्द्र श्रेष्ठसहितका नेता जसपाबाट नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।