• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रास्वपाद्धारा रञ्जु दर्शनासहित ७ जनालाई केन्द्रीय समितिमा मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सात जनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।

केन्द्रीय कार्यालयमा बसेको ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।

मनोनयन भएका केन्द्रीय सदस्य:
१) समीक्षा बास्कोटा
२) प्रकाशचन्द्र परियार
३) सुरज प्रधान
४) नवराज थापा
५) आशुतोष प्रधान
६) धनेज थापा
७) रञ्जु दर्शना