• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कुलमान घिसिङले दिए पदबाट राजीनामा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

भदौ ३० गते मन्त्रीको सपथ लिएका घिसिङले अल्प अवधिमै सरकार छाड्दै प्रत्यक्ष राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले घिसिङको राजीनामा बुझाएको तस्बिर सार्वजनिक गरेसँगै सरकारभित्रको राजनीतिक पुनर्संरचना र दलगत समीकरणबारे चर्चा सुरु भएको छ ।

यसअघि ‘उज्यालो नेपाल’ नामक दल दर्ता गराएका घिसिङ हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरिसकेका छन् । उनी रास्वपाका उपसभापति समेत हुन् ।