• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका छन् ।

पुन अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता गराएका हुन् ।

सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।

मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् ।