• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

काठमाडौँ। नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो।

कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ।