• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं-३ मा कुलमानको सुरुवाती अग्रता, पछिपछि पाण्डे

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ बाट सुरु भएको मतगणनामा उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

दोस्रोमा रास्वपाका राजुनाथ पाण्डे रहेका छन् । उनले ७४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रमेश अर्यालले २९८ र नेकपा एमालेका रामेश्वर फुयालले भने २७९ मत प्राप्त गरेका छन् ।