काठमाडौँ । देशका विभिन्न स्थानमा मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार मतगणना जारी रहेका २८ क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी २४ स्थानमा अगाडी छ भने नेकपा एमाले ३ स्थानमा अगाडि रहेको छ । त्यस्तै नेपाली काँग्रेस एक स्थानमा अगाडि रहेको छ ।
जस अनुसार रास्वपा, मोरङ-१, मोरङ-४, मोरङ- ५ धनुषा-२, रौतहट-४, बारा-३, काठमाडौँका १, २, ३, ४, ५, ७, ८ र १०, भक्तपुरका १ र २, ललितपुर-२, चितवन-३, कास्की-२, ३ रुपन्देह- २, बाँके-१ र कञ्चनपुर-२ मा अगाडि रहेको छ ।
त्यस्तै, नेकपा एमाले, चितवन-२, रुपन्देही-४ र बाँके-२ मा अगाडी रहेको छ भने नेपाली काँग्रेस ललितपुर-१ मा अगाडि रहेको छ ।