• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा

काठमाडौँ । रौतहट-१ मा नेकपाका सहसंयोजक माधव कुमार नेपाल धेरै पछाडि परेका छन् । यसक्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले १८०४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।

त्यस्तै, जसपा नेपालका योगेन्द्र राय यादवल ११०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका अनिलकुमार झाले ८२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

त्यस्तै, एमालेका अजयकुमार गुप्ताले ५६७ मत प्राप्त गरेर चौथो छन् भने नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् ।

नेपालले अघिल्लो चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।