• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् । निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेपछि वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर समायोजन गरेका हुन् ।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा याचना गरेको छ ।

अहिले सबै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई गन्तव्यको भाडा बढाइएको छ । यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ ।

यस्तो छ नयाँ भाडा दर: