• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर ५०२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।