• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५% ले घट्यो

काठमाडौँ । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको छन् जसले ग्राहकहरूलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ ।

कम्पनीले यसअघि प्रदान गर्दै आएको रु १९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरूको मूल्य ६५ प्रतिशतले घटेको छ । कर सहित रु ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिन रहेको छ ।

कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विशेषताहरू हुन् ।

ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसै गरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ ।

“कनेक्टिभिटीको महत्त्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौँ । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैँ अन रहन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरू अनलाइनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए ।

अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ्ग वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्त्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनका लागि ग्राहकहरूलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ । यसमा हलिउडका हिट फिल्महरू देखि लिएर, टिभी सोहरू, लायन्स गेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरू, वृत्तचित्रहरू लगायतका सामाग्रीहरू रहेका छन् जसले ग्राहकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ ।

लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।