काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको उच्च पदस्थ अधिकारी, व्यवसायी र नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै ल्याएको विशेष ‘एनसेल सिग्नेचर प्लान’ निकै रुचाइएको छ। व्यावसायिक सञ्चारलाई थप सहज, स्तरीय र प्रतिष्ठित बनाउने उद्देश्यले ल्याइएको यो प्लानले लक्षित क्षेत्रका व्यक्तिहरुलाई निकै सहजता प्रदान गरेको छ।
के हो एनसेल सिग्नेचर प्लान ?
यो एनसेलले प्रदान गर्ने हालसम्मकै उत्कृष्ट र प्रिमियम प्याकेजमध्येको एक हो। यसमा प्रयोगकर्ताले ठूलो परिमाणमा डेटा, अनलिमिटेड कल र एसएमएसका साथै विदेश भ्रमणका बेला महँगो रोमिङ शुल्कबाट मुक्ति पाउने गरी अन्तर्राष्ट्रिय सुविधाहरू प्राप्त गर्छन्। यो प्लान मुख्यतया ‘प्रोफेसनल’ र ‘प्रिमियम’ गरी दुई विधामा उपलब्ध छ।
ग्राहकले ‘प्रोफेसनल सिग्नेचर प्लान’ वार्षिक १७,९९९ रुपैयाँमा र ‘प्रिमियम सिग्नेचर प्लान’ वार्षिक २१,९९९ रुपैयाँमा प्राप्त गर्न सक्छन् ।
यो प्लान विशेष गरी उनीहरूका लागि डिजाइन गरिएको हो जसको व्यवसाय र जिम्मेवारीले गर्दा चौबीसै घण्टा सम्पर्कमा रहनु अनिवार्य हुन्छ। ‘सफलताका लागि सिग्नेचर प्लान’ भन्ने नाराका साथ एनसेलले यसलाई बजारमा ल्याएको छ।
यस्ता छन् सिग्नेचर प्लानका मुख्य आकर्षण
१. धेरै डेटाको सुविधा: यो प्लान अन्तर्गत ‘प्रिमियम’ प्रयोगकर्ताले २५० जीबी र ‘प्रोफेसनल’ प्रयोगकर्ताले १५० जीबीसम्मको तीव्र गतिको डेटा पाउनेछन्। यसले गर्दा भिडियो कन्फरेन्स, ठूला फाइल डाउनलोड र अफिसका कामहरू बिना कुनै अवरोध गर्न सकिन्छ।
२. असीमित कुराकानी र सन्देश: नेपालभित्र जुनसुकै नेटवर्कमा जति पनि कल र एसएमएस गर्न सकिने गरी यसमा ‘अनलिमिटेड’ सुविधा दिइएको छ।
३. अन्तर्राष्ट्रिय रोमिङ: विदेश भ्रमणमा जाँदा सम्पर्कविहीन हुनु नपरोस् भनेर यसमा ६० मिनेटसम्मको रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा उपलब्ध गराइएको छ। यो सुविधा अमेरिका, बेलायत, युएई र सिंगापुर जस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा लागू हुनेछ।
४. विशेष जीवनशैली सुविधा: सिग्नेचर प्लानका ग्राहकहरूले विभिन्न प्रिमियम ब्रान्डहरूमा विशेष छुट र सेवाहरूमा उच्च प्राथमिकता पाउनेछन्।
यो सुविधा कसरी लिने ?
नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो आवश्यकता अनुसारको (प्रोफेसनल वा प्रिमियम) प्लान छनोट गरी यो सेवा सुचारु गर्न सकिन्छ । एनसेलको आधिकारिक वेबसाइटमार्फत पनि यस प्लानको विस्तृत जानकारी लिएर अनलाइन आवेदन वा सोधपुछ गर्न सकिने एनसेलले जनाएको छ ।